२०८३, २७ श्रावण बिहीबार

दैलेखमा जीप दुर्घटना ४ को मृत्यु ४ घाइते

दैलेखमा जीप दुर्घटना ४ को मृत्यु ४ घाइते


दैलेख, १२ मंसिर । दैलेखमा बुधबार बिहान भएको जीप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । चार जना घाइते छन् ।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ठाटीकाँध गाउँपालिका–१ का ३० वर्षीय निर्मल बम, वडा नम्बर–२ का जीप चालक रमेश शाही, वडा नम्बर–४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

निजी जीप ठाटिकाँध पुग्नु करिब दुई किलोमिटर बाँकी छँदा दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । जीप टुक्रा–टुक्रा भएको छ ।

दुर्घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  २ : ०९ बजे

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–स्थित बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा

महिला सहकारीलाई प्रविधिमैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा प्रबिधि हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा