२०८३, २२ श्रावण शनिबार

आग्लो प्रहार गरी श्रीमतीको हत्या

आग्लो प्रहार गरी श्रीमतीको हत्या


जिरी, ११ मङ्सिर : दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् ।

तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान्ले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा श्रीमती राममायाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

सालोको विवाहका लागि ससुरालीमा गएका तामाङ श्रीमतीको हत्यालगत्तै फरार रहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायाँको शव जिरी अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : १० बजे

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हुन् : प्रभु बैंक

तथ्यहीन प्रचारले बैंकिङ क्षेत्रको विश्वासमा असर पार्ने भन्दै आधिकारिक तथ्यमा

कामना सेवा विकास बैंकको कमाइ बलियो बन्दै, १५ प्रतिशतभन्दा बढी लाभांशको आधार तयार

नाफा ३३ प्रतिशत उक्लियो, ईपीएस २२.७५ रुपैयाँ; सञ्चालन मुनाफा १