२०८३, ९ असार बुधबार

गण्डकी प्रदेशले कार्यविधिसहित कार्यालय खोल्ने

गण्डकी प्रदेशले कार्यविधिसहित कार्यालय खोल्ने


पोखरा, १० मंसीर : गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न कार्यविधिसहित कार्यालय खोल्ने निर्णय गरेको छ ।

बैठकले एक दर्जनभन्दा बढी कार्यविधिसँगै छ पूर्वाधार र सात खानेपानीकासहित १३ वटा कार्यालय खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

कार्यविधिमा बालीका मुख्य क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन, प्रशोधन केन्द्र तथा टिस्युकल्चर ल्याब स्थापना, साना तथा आधुनिक सिँचाइ कार्यक्रम सञ्चालन, कृषि यान्त्रीकरण तथा ग्रिनहाउस निर्माण सहयोग कार्य सञ्चालन, कोल्ड स्टोर, चिस्यान केन्द्र र कोल्ड रुम स्थापना कार्यक्रम रहेका छन् ।

यसैगरी गरीब लक्षित विपद्, उद्धार तथा राहत वितरण, दुग्ध किसान केन्द्र स्थापना सहयोग, साझेदारीमा पशु बधशाला तथा बधस्थल निर्माण सुधार सहयोग र मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन, जनता आवास, साझेदारी सडक र जलस्रोत तथा सिँचाइसम्बन्धी कार्यविधि छन् ।

कार्यविधि पारित गरी मन्त्रिपरिषद्कै प्रशासन तथा विधेयक समितिमा पठाइएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । बैठकले भोलिदेखि सञ्चालन हुने दुई दिने प्रदेश समन्वय परिषद् बैठकका कार्यसूची समेत पारित गरेको छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ४७ बजे

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार