२०८३, ७ कार्तिक शनिबार

उदयको निर्देशनमा सिलवालविरुद्ध प्रचार ,सिल्वाल भन्छन् नियोजित प्रचारले मलाई असर गर्दैन

उदयको निर्देशनमा सिलवालविरुद्ध प्रचार ,सिल्वाल भन्छन् नियोजित प्रचारले मलाई असर गर्दैन


काठमाडौ/ ललितपुर क्षेत्र नं १ बाट बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विरुद्धको नियोजित प्रचारहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका उदयसम्सेर राणाको निर्देशन, प्रायोजन, संरक्षणमा भएको पुष्टि भएको छ ।

प्रतिनिधी सभामा स्वतन्त्र उम्मेदवारी दिएको भनिएका गुनबहादुर थापाका प्रचार कार्यकर्ताका रुपमा राणाले परिचालन गरेको कार्यकर्ताहरुलाई चापागाउँमा बाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएपछि राणाले प्रहरीलाई धम्क्याएर छोड्न दवाव दिएका छन् ।  निर्वाचन आचारसंहिता अनुसार व्यक्तिगत आरोप लगाइएका प्रचार सामग्रीहरु बाँड्न नपाइएने भएकाले सिलवाल विरुद्ध कपोलकल्पित र पुष्टि नहुने आरोप लगाएर छापिएको पर्चा समेत प्रहरीले बरामद गरेको थियो । बा १३ च २०३७ को स्कार्पियो गाडी मा प्रचार सामग्री र चुनाव चिन्ह पहेंलो झण्डासहित ३ जना कार्यकर्तालाई प्रहरीमा बुझाइएको थियो । ललितपुरको चापागाउँको टाखेलबाट प्रहरीले बुधबार दिउँसो उम्मेदवार थापाका कार्यकर्ताहरुलाई प्रहरीमा बुझाइनासाथ उदय सम्सेर राणालाई जानकारी गराइनु र छुटाउन राणाले दवाव दिएकाले राणाकै प्रायोजन, योजना र संलग्नतामा सिलवालविरुद्धको पैचार भएको पुष्टि भएको छ ।

चापागाउँमा पक्राउ परेका रोशन श्रेष्ठ कपाली, लाक्पा शेर्पा र रमेश थापासंग समेत राणाको टेलीफोन सम्पर्क भईरहेको र ललितपुर काँग्रेसका नेताहरुको संरक्षण र लोकेसन समन्वयमा ललितपुरमा सिलवाल विरुद्धको पर्चा छर्दै हिँडएको अवस्थामा आचारसंहिता विपरित कार्य भएकाले पक्राउ गरिएको बुझिएको छ । बाम गठबन्धन भएपछि पराजित मानसिकताका साथ गठबन्धनका उम्मेदवारहरुलाई आरोप लगाउँदै हिँडेका राणाले थापालाई उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन र त्यो दिन ७ पटक टेलीफोन गरेको बुझिएको छ ।

उनलाई भरतपुरबाट प्लेनमा झिकाएर सम्पूर्ण चुनाव खर्च तथा अन्य रकम सहित ललितपुर १ मा उम्मेदवार बनाउने देखि प्रचार योजना सम्म बनाइएको फेला परेको छ । तर वाम गठबन्धनका साझा उम्मेदवार नवराज सिल्वालले भने यो नियोजित र गलत प्रचारले मलाई केही असर हुदैन ।

प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार  ११ : ०३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने