२०८१, १० फाल्गुन शनिबार

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता


काठमाडौँ, १० मङ्सिर: एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता ९सासेक०अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।

विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गर्नुभयो । साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।

साकेस ऊर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत ऊर्जा प्रशारण क्षमता अभिवृद्धि, वितरण प्रणालीको सुधार, केन्द्रीय प्रशारण लाइन नपुगेका क्षेत्रमा मिनी ग्रीडमा आधारित नवीकणीय ऊर्जा प्रणालीको अभिवृद्धि, नेपाल विद्युत् प्राधिकरण र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षमता विकास गरिनेछ । नेपालको पूर्वाधारलगायत आर्थिक¬–सामाजिक क्षेत्रको विकासका निम्ति बैङ्कले विगतदेखि गरिरहेको सहयोगको यो निरन्तरता हो ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : २३ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,