२०८३, ७ आश्विन बिहीबार

पार्टीलाई सही दिशामा हिँडाउन सकेको छैनः नेता सिटौला

पार्टीलाई सही दिशामा हिँडाउन सकेको छैनः नेता सिटौला


इलाम, ६ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिलाई काम गर्न कसैले नरोकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापति शेरवहादुर देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको र कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाउनुभयो ।

काङ्ग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले दरो प्रतिपक्षको भूमिकासमेत काङ्ग्रेसले निर्वाह गर्न नसकेकोमा दुःख व्यक्त गर्दै एकताबद्ध र सही तरीकाले काम गर्न नसक्नुको दोष पार्टी नेतृत्वले लिनुपर्छ भन्नुभयो ।

‘पार्टी शीर्ष नेताले नै कार्ययोजना बनाएर काम नगरेपछि कार्यकर्ताले के गर्नु’ उहाँले भन्नुभयो, ‘अहिले त काङ्ग्रेसको योजना नै छैन ।’ नेता सिटौलाले वर्तमान सरकारले संविधान बाहिर गएर काम गर्न थालेको आरोप लगाउँदै अहिलेसम्म सरकारको कार्ययोजना हेर्दा पूरै असफल भएजस्तो देखिएको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ९ : १६ बजे

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

काठमाडौँ । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले

रनवेमा ट्रम्प, वासिङ्टनमा सी : अब बदलिँदैछ विश्वको शक्ति-समीकरण

विश्व राजनीतिमा केही दृश्य यस्ता हुन्छन्, जसले सयौँ पृष्ठका कूटनीतिक

सीलाई लिन रनवेमा पुगे ट्रम्प, अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

२३ सेप्टेम्बरमा विमानस्थलमै स्वागत, २४ सेप्टेम्बरमा ह्वाइट हाउसमा राजकीय समारोह

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित