२०८३, २७ भाद्र आईतबार

अर्थमन्त्री रामेछापको गाईखुरा एकीकृत बस्तीमा

अर्थमन्त्री रामेछापको गाईखुरा एकीकृत बस्तीमा


रामेछाप, ३० कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पु¥याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताउनुभएको छ ।

रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको आज अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताउनुभएको हो । उहाँले पुनःनिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको पनि बताउनुभयो । भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घरसहितको एकीकृत नमूना बस्ती निर्माण हुन लागेको हो ।

अर्थमन्त्री खतिवडासँगै पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी र विश्व बैंकका प्रतिनिधि एकीकृत बस्तीको निरीक्षणका लागि गाईखुरा पुग्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ३८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।