२०८३, १० भाद्र बिहीबार

भक्तपुरमा अवैध भेटेनरी सञ्चालनमा

भक्तपुरमा अवैध भेटेनरी सञ्चालनमा


भक्तपुर, ३० कात्तिक : भक्तपुरमा सञ्चालित पशुका औषधि पसल (भेटेनरी) अवैधरुपमा सञ्चालित भएको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा समितिले आज विभिन्न स्थानमा सञ्चालित भेटेनरी पसल अनुगमनका क्रममा यस्तो भेटाएको हो ।

अनुगमनका क्रममा उज्वल भेटेनरी क्लिनिक, पासा भेटेनरी र विष्णु भेटेनरी फार्म अवैधरुपमा सञ्चालनमा रहेको पाइएकाले तीन दिनभित्र दर्ता गर्न निर्देशन दिइएको वरिष्ठ निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । अनुगमन टोलीले विभिन्न भेटेनरीबाट म्याद नाघेको औषधि इलेक्ट्रोमिक्स एक, फाइभ आयोडी एक, फाइभ भेट एक, ओस्टोपट एक, ब्रोटो केयर र स्टार सोल एक जफत गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : १० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री