२०८३, ५ बैशाख आईतबार

मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित


मेलम्ची, २९ कात्तिक :सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको हो । आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता गरे पनि हालसम्म आयोजनाले कुनै काम नगरेकाले उजुरी दिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।

नगरप्रमुख शेर्पासहितको टोलीले आयोजनाका निर्देशक मणिराम काफ्ले, कम्पनी सचिव टोमलाल सुवेदी, प्रमुख सुनिलकुमार लामा र डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ । नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर आयोजना शुरु हुँदाका बखत प्रभावित क्षेत्रका बासिन्दासँग गरेका लिखित प्रतिबद्धता पूरा गराउन प्रशासनलाई आग्रह गरेको छ ।

आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासीलाई सहयोग गर्न आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधिसमेत बनाएर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सरोकार समितिका संयोजकमा नगर प्रमुख शेर्पा स्वयम् रहनु भएको छ । सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दासमेत आयोजनाले प्रतिबद्धता पूरा गर्न बेवास्ता गरेको बताइएको छ ।

आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका काम गर्ने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार हालसम्म पनि बजेट दिइएको छैन् । आयोजनाको सुरुङ मार्गसहित अन्य संरचना निर्माणका क्रममा भत्काइएका स्वास्थ्यचौकी, विद्यालयलगायत संरचनासमेत अहिलेसम्म निर्माण नगरेको वडा नं ५ का अध्यक्ष बेलबहादुर रोक्काले बताउनुभयो ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरिएको बताउनुभयो । जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना मध्यभोटेकोशीले हालसम्म ३० प्रतिशत मात्र काम सकेको छ । सन् २०१३ मा निर्माण शुरु भएको सो आयोजना व्यवस्थापकीय कमजोरीका कारण गति लिन नसकेको स्थानीयवासीको आरोप छ । साढे १४ अर्बको लगानीमा निर्माण हुने उक्त आयोजनालाई चाहिने आवश्यक पूँजीका लागि कर्मचारी सञ्चयकोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : ४४ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव