२०८३, ६ आश्विन बुधबार

घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री


भद्रपुर, २४ कात्तिक: झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गर्नुभएको हो । उहाँले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँले लक्ष्मीपूजाको दिन फूलको माला पाँच हजार ५०० थान, ६६ हजार थुँगा र ५०० गुच्छा घरबाटै बिक्री भएको बताउनुभयो । माला प्रतिथान रु ५०, थुँगा प्रतिवटा रु एक र गुच्छा रु १५ का दरले बिक्री भएको थियो । तिहारलाई लक्षित गर्दै उहाँले सयपत्री फूलको खेती गर्नुभएको थियो । बिक्रीबाट रु तीन लाख ४८ हजार ५०० आम्दानी भएको उहाँको भनाइ छ । जसमा रु तीन लाख खुद नाफा भएको उप्रेतीले बताउनुभयो ।

तिहार लागेपछि सयपत्री फूल खरिद गर्न सर्वसाधारण र व्यवसायी दुवै घरमा आएको हुँदा फूल बेच्न बजार खोज्न जान नपरेको उहाँले बताउनुभयो । उहाँको फूलखेतीमा कलकते भेराइटिज जातको सयपत्रीको फूल फुलेको थियो । अझै ५० हजार फूल फूल्न बाँकी रहेको उहाँको भनाइ छ । उप्रेतीको बारीमा फूलेको फूल भारतबाट आयातीत फूलभन्दा राम्रो र ताजा भएका कारण सर्वसाधारणले उहाँकै बारीमा पुगेर तिहारमा फूल किनेको स्थानीय रेणुका डाँगी बताउनुहुन्छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ५ : ०१ बजे

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ