२०८२, १ फाल्गुन शुक्रबार

प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउछु : मुख्यमन्त्री पौडेल

प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउछु : मुख्यमन्त्री पौडेल


काठमाडौँ, २० कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को नीति तथा योजना आयोगले आज आयोजना गरेको गोष्ठीमा उहाँले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, मानव संसाधन अगाडि रहेको प्रदेश भएकाले भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कानून निर्माण, नीति निर्माण र कार्यविधि निर्माणको प्रक्रियाले प्रदेश सरकारको काम नदेखिए पनि अब जनताको अपेक्षालाई छिट्टै पूरा गर्ने आफूले काम गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युष्टि पार्टीका नेत्री तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश सरकारलाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने र पार्टी अध्यक्षद्वयसँग सल्लाहसमेत गरिसकेको बताउनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा मानव स्रोतसाधनको अभाव हुँदाहुँदै पनि धेरै कानून निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा कानून निर्माण गर्दा विज्ञहरुको परामर्शलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो । प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको र आगामी बन्ने योजनामा आर्थिक पारदर्शिता, उत्पादन पक्ष र दिगो विकासको पक्षमा काम गर्ने निकायलाई बजेट निर्माण गर्दा उच्च प्राथमिकता दिने उल्लेख गर्नुभयो । सो प्रदेशको विकासका लागि मुख्य आधार प्राकृतिक स्रोत र सम्पदा भएकाले आगामी दिनमा प्रदेशलाई समृद्धिको उचाइमा पु¥याउने उद्देश्यले योजना निर्माण गर्ने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ९ : ४२ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको