२०८३, २८ श्रावण शुक्रबार

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल


बनेपा, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्टहरुको एकता दूरगामी महत्वको घटना भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आज बनेपामा आयोजना गरिएको शुभकामना आदान÷प्रदान तथा चियापान कार्यक्रममा उहाँले पूर्वनेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता नेपालका कम्युनिष्ट आन्लदोनप्रति जानकारी तथा रुचि राख्ने संसारका प्रगतिवादी देशले जिज्ञासा राख्ने गरेको उल्लेख गर्नुुभयो ।

मङ्सिर महीनाभित्रमा सबै तहका पार्टी सङ्गठन एकता गरिसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आगामी मङ्सिरको दोस्रो सातासम्ममा प्रदेशअन्तर्गतका पार्टी कमिटी घोषणा गरिसक्छौँ ।” पार्टीका नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिएर एकता हुने उहाँको भनाइ थियो । पार्टीको केन्द्रीय योजनाअनुसार कामकार्वाही गर्न सबै नेता तथा कार्यकर्तालाई महासचिव पौडेलले निर्देशनसमेत दिनुभयो । उहाँले सरकारको कामको नराम्रो टिप्पणीको पछि नलाग्न आग्रह गर्दै सरकारले राम्रो काम गरेको र राम्रो नतिजा दिने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अहिले देशको दिगो विकासको जग हालिरहेको बताउनुभयो । उहाँले तीन तहको सरकारले त्यही ढङ्गले विकासका काममा लगानी गरिरहेकाले विकासको कामले गति लिइरहेको उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : ३२ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व