२०८२, ३ पुस बिहीबार

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

फरार अभियुक्त २३ वर्षपछि पक्राउ


काठमाडौँ, २० कात्तिक :नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।

राईलाई सिआइबीको टोलीले सुनसरीको बराह नगरपालिका–३ ठाकुरबारीबाट पक्राउ गरेको हो । अभियुक्त राईले २०५२ कात्तिक ४ गते उदयपुरको रामपुर–२ कोशीटप्पुमा रहेको एक नर्सरीमा काम गर्ने शाहलाई मुक्का र लाठीले हिर्काउदा मृत्यु भएको थियो ।

राईविरुद्ध सर्वोच्च अदालतले २०६० चैत ५ गते जन्मकैदको फैसला गरेको थियो । शाहको हत्यालगत्तै राई फरार रहँदै आएका थिए । अभियुक्त राईलाई कैद भुक्तानका लागि जिल्ला कारागार उदयपुर चलान गरिएको सिआइबीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : १२ बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम