२०८३, ९ आश्विन शनिबार

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

फरार अभियुक्त २३ वर्षपछि पक्राउ


काठमाडौँ, २० कात्तिक :नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।

राईलाई सिआइबीको टोलीले सुनसरीको बराह नगरपालिका–३ ठाकुरबारीबाट पक्राउ गरेको हो । अभियुक्त राईले २०५२ कात्तिक ४ गते उदयपुरको रामपुर–२ कोशीटप्पुमा रहेको एक नर्सरीमा काम गर्ने शाहलाई मुक्का र लाठीले हिर्काउदा मृत्यु भएको थियो ।

राईविरुद्ध सर्वोच्च अदालतले २०६० चैत ५ गते जन्मकैदको फैसला गरेको थियो । शाहको हत्यालगत्तै राई फरार रहँदै आएका थिए । अभियुक्त राईलाई कैद भुक्तानका लागि जिल्ला कारागार उदयपुर चलान गरिएको सिआइबीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : १२ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा