२०८३, ९ भाद्र बुधबार

लहानको दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध

लहानको दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध


लहान, १९ कात्तिक :यहाँस्थित दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै सिरहाका जनप्रतिनिधि तथा राजनीतिक दलले विरोध गरेका छन् । प्रदेश नं २ सरकारको निर्देशनमा यहाँस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध गरिएको हो । जलस्रोत तथा सिँचाइ कार्यालय सदरमुकाम र खानेपानी तथा सरसफाइ कार्यालय राजविराज सार्न लागिएको भन्दै नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले दुवै कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगर सभापति सुनीलकुमार महतोको नेतृत्वमा गएका नेता कार्यकर्ताले जलस्रोत डिभिजन प्रमुखको कार्यकक्ष, योजना शाखा, प्रशासन फाँट तथा खानेपानी डिभिजन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । लहान नगर कार्यपालिकाको बैठकबाट कार्यालय अन्यत्र सार्न नदिने निर्णयसमेत गरिएको छ । सिँचाइ कार्यालयको समान बाहिर नलैजान भन्दै उक्त कार्यालयमा नगरपालिकाको तर्फबाट सूचना टाँस गरिएको प्रमुख मुनी साहले जानकारी दिनुभयो ।

सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवलेसमेत सो विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । सिँचाइ डिभिजन कार्यालयका प्रमुख श्यामनन्दन यादवले प्रदेश सरकारको निर्णयानुसार सार्न लागिएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ५१ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण