२०८३, ३० असार बुधबार

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन


काठमाडौँ, १९ कात्तिक: माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार प्राप्त हुने कम्पनीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म तीन लाख बढीले आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । कम्पनीले निकट भविष्यमा नै रोल्वालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले गत बुधबार मात्रै दोलखावासीलाई बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई शेयर बिक्री गरेपछि सो आयोजनाको सर्वसाधारण समूहको शेयर बिक्री प्रक्रिया सकिएको छ । सो समूहमा रु दश अर्ब बराबरको शेयर बिक्री गरिएको छ ।

निर्माणाधीन माथिल्लो तामाकोशी आगामी आर्थिक वर्षको कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने समयसीमा तय गरिएको छ । चालू आवको पुस मसान्तमा निर्माण सकिने कार्यतालिका बनाइएको भए पनि निर्माण व्यवसायीको कमजोरी, निर्माण सामग्री आयातमा देखिएको समस्यालगायतका कारणले आयोजनाको म्याद पर धकेलिएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : १८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै