२०८३, २८ श्रावण शुक्रबार

रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थाले

रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थाले


काठमाडौं, १९ कार्तिक : लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा (तरलता)को अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छैनन्।

कतिपय बैंकहरु ठूलो ऋण दिन सक्ने अवस्थामा नरहेको नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। ‘सानोतिनो ऋण दिन सक्ने अवस्थामा बैंकहरु रहे पनि ठूलो ऋण दिन सक्दैनन्,’ उनले नागरिकसँग आइतबार भने, ‘प्रायः सबै वाणिज्य बैंकको अवस्था यस्तै छ।’

बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गरे भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउँदैनन्। अहिले अधिकांश बैंकले संकलन गरेको रकमको ७९ प्रतिशत (एक सय रुपैयाँमा ७९ रुपैयाँ) लगानी गरिसकेका छन् । अब उनीहरु ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएको राणाको भनाइ छ। अहिले धेरैजसो बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) करिब ७९ प्रतिशत पुगेको बैंकर बताउँछन्। पछिल्लो समय बैंकहरुले आक्रामक रुपमा लगानी गरेका कारण लगानीयोग्य रकम अभाव भएको समाचार नागरिक दैनिकमा छ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ५१ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान