२०८३, ११ आश्विन सोमबार

आईपुग्यो मुख्यमन्त्रीका लागि विद्युतीय जीप

आईपुग्यो मुख्यमन्त्रीका लागि विद्युतीय जीप


मकवानपुर, १९ कार्तिक :  तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको खबर आजको नागरिक दैनिकले छापेको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो।

मुख्यमन्त्रीको लागि सुविधायुक्त पाँच सिटे विद्युतीय जीप ल्याइएको हो। चीनमा उत्पादन गरिएको बीवाईडी जिपको मूल्य ५५ लाख रुपैंया पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको छ भने २ घण्टा चार्ज गर्दा जिप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ। उक्त जीप नेपालका लागि चिनियाँ कम्पनीको सो गाडिहरुको बिक्रेता सूर्या गुड्स सप्लायर्समार्फत् ल्याईएको हो।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ११ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा