२०८३, १९ श्रावण बुधबार

जानकी मन्दिरको सौन्दर्य वृद्धि गरिने

जानकी मन्दिरको सौन्दर्य वृद्धि गरिने


जनकपुरधाम, १८ कात्तिक: प्रदेश नंं २ को सरकारले जानकी मन्दिरको परिसरको सौन्दर्य बढाउने भएको छ । मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले छठको लगत्तै जानकी मन्दिरलाई रु पौने आठ करोडको लागतमा सौन्दर्य वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।

सीताराम विवाह महोत्सवमा अयोध्याबाट जानकीको माइतमा अयोध्याबाट आउने साधुसन्तलाई प्रदेश सरकारले सम्मान गर्ने कार्यक्रम राखेको बताउँदै उहाँले साधुसन्तको सम्मानका लागि सरकारले रु ५० लाख उपलब्ध गराउने योजना छ भन्नुभयो ।

आस्थाको महापर्वमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले छठका लागि जलाशयलाई स्वच्छ र सुन्दर राख्न सरकारले हरेक उपाय पहिल्याउने धारणा राख्नुभयो । नेपाली, मैथिली, हिन्दी र भोजपुरी भाषामा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले भेदभाव, वैमनस्यता, उँच नीचको भावनाको अन्त्यका साथै सबैको मान, सम्मान कायमका लागि सरकार क्रियाशील रहेको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ९ : २१ बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला