२०८३, २७ बैशाख सोमबार

मन्त्रीको भिसा च्यातिएपछि बेलायत भ्रमण नै रद्द

मन्त्रीको भिसा च्यातिएपछि बेलायत भ्रमण नै रद्द


काठमाडौं , कात्तिक १८ :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्द भएको छ ।बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । आजको नेपाल समाचापत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ ।

नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो ।

भिषा स्टिकर टाँसेपछि च्यातिएको देखिन्छ। भिषा स्टिकर च्यातेपछि फेरि जर्बजस्ती टाँस्दा नमिलेको प्रस्ट देखिन्छ। त्यसपछि भिषालाई रद्द गर्ने संकेतस्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ। भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य ध्रुव पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ५० बजे

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा