२०८३, २ भाद्र बुधबार

कानून दलितमैत्री हुन्छ : मुख्यमन्त्री राउत

कानून दलितमैत्री हुन्छ : मुख्यमन्त्री राउत


लहान, १६ कात्तिक: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने हरेक कानून दलितमैत्री हुने बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिका ११ मा आज आयोजित दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक निकायमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि प्रदेश सरकारले बनाउने हरेक ऐन र कानुन दलितमैत्री हुने बताउनुभयो ।

दलित समुदायले अधिकार नपाएरसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएकोले दलितको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । मुलुकको परिवर्तनमा दलितको भमिका महत्वपुर्ण रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राउतले भन्नुभयो, “हरेक परिवर्तनमा दलित समुदायको भुमिका छ, तर अझै ति समुदायले अधिकार प्राप्त गर्न सकेको छैन ।”

समाजमा रहेका छुवाछुत, भेदभाव र सामाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले ‘‘बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको बताउनुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । सो अवसरमा दलित समुदायका जनप्रतिनिधिको भेलाबाट तयार पारिएको विभिन्न १० बुँदे घोषणापत्र मुख्यमन्त्री राउतलाई बुझाइएको थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  १० : ०४ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश