२०८३, ६ आश्विन बुधबार

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा


काठमाडौँ, १६ कात्तिक : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिनुभएको छ । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताउनुभयो ।

अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको धारणा व्यक्त गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले कानुन संशोधनको अभावमा आयोगलाई काम गर्न गाह्रो परिरहेको बताउनुभभयो । मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले विकास भनेकै सामाजिक न्याय र दिगोपन भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउँदा पत्रकारविरुद्ध दण्डहीनता बढ्दै गएको बताउनुभयो । वरिष्ठ पत्रकार हरिहर विरही, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाल, अध्यक्ष हरिविनोद अधिकारी, प्राध्यापक चिरञ्जीवी खनाललगायतले नेपालको पत्रकारिता मानवअधिकार प्रवद्र्धन गर्नेतिर उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ३८ बजे

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार

‘एमाले फुटोस् भन्ने सपना देख्नेहरूको सपना चकनाचुर हुन्छ’ : आरती भण्डारी

काठमाडौं । नेकपा एमालेकी नेतृ आरती भण्डारीले पार्टी विभाजनको प्रतीक्षा

‘अध्यक्षलाई मात्रै दोष नथोपरौँ, एमाले एकढिक्का भएर चुनावमा जाऔँ’ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले निर्वाचन पराजयको

अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै केन्द्रमा राखेर कसरी हुन्छ पार्टी पुनर्गठन ?’ : सन्तना दाहाल

काठमाडौं । नेकपा एमालेकी नेता सन्तना दाहालले पार्टी पुनर्गठनको बहसलाई

असोज ८ र ९ गते जोखिम हेरेर विद्यालय बन्द गर्न निर्देशन

काठमाडौं । मौसम प्रतिकूल हुने पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले