२०८३, ३० श्रावण आईतबार

अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद

अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद


पर्सा, १६ कात्तिक: जिल्ला प्रहरी कार्यालयले आज अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद गरेको छ । वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९७९ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले रु छ लाख २७ हजार मूल्य बराबरका १४ किलो ६७५ ग्राम चाँदीका गहनामा बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बसलाई गण्डक चोकमा रोकी जाँच गर्दा सिटमुनि लुकाइराखेको झोलाबाट उक्त परिमाणको गहना बरामद गरिएकोे प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । बरामद गहनाको कसैले जिम्मेवारी नलिएको बताइएको छ । बरामद गरिएका गहनामा पाउजू, औँठी, विभिन्न देवीदेवताका मूर्ति, कानको बाली, विक्षियालगायत गहना रहेका छन् । गहनालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४४ बजे

वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल