२०८३, २७ भाद्र आईतबार

लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह

लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह


काठमाडौँ, १५ कात्तिक : नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर(भ्याट)को समस्या समाधान भएको, रु ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीलाई आयकरमा १० प्रतिशत छुट दिइएको र पूँजीबजारमा सूचीकृत हुन प्रोत्साहित गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी रु एक अर्ब वा सोभन्दा बढीको लगानीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण भई पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

यस्तै धितोपत्र व्यवसायी शुल्कमा कटौती गरिएको, वैकल्पिक लगानी कोष नियमावली लागू भएको, निजी इक्विटी, भेन्चर फण्ड र हेज फण्ड प्रवेश गराई कम्पनीलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गरेको जनाएको छ । नेपाली पूँजीबजार व्यवस्थित हुँदै गएको भन्दै बोर्डले यस्तो अवस्थामा बजार हल्लाको पछि लागेर हतारमा शेयर किन्ने र बेच्ने काम नगर्न अनुरोध गरेको छ । सङ्गठित संस्थाले लाभांशको मौसममा अनावश्यक बजार हल्ला चलाउने र बजारमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास रोक्न प्रयास गरिएको पनि बोर्डले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : २६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।