२०८३, २० असार आईतबार

प्रहरी नै मोटरसाइकल चाेरीमा संलग्न, तीन प्रहरी पक्राउ

प्रहरी नै मोटरसाइकल चाेरीमा संलग्न, तीन प्रहरी पक्राउ


काठमाडौं, कार्तिक १४ : प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो ।

पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ ।

घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : ४० बजे

एम्बाप्पेको पेनाल्टी गोलले फ्रान्स अन्तिम आठमा, पाराग्वेको यात्रा समाप्त

काठमाडौं । किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा फ्रान्सले पाराग्वेलाई

मनसुन सक्रियः तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै आइतबार गण्डकी, लुम्बिनी र

दक्षिण कोरियाको ई-७ भिसा प्रक्रियाले गति लियो, सीपयुक्त नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन

काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी