२०८३, १० असार बिहीबार

ह्रस्व दीर्घपछि एआईएले ल्यायो देश चिनाउन देउसी गीत (भिडियो)

ह्रस्व दीर्घपछि एआईएले ल्यायो देश चिनाउन देउसी गीत (भिडियो)


काठमाडौं : केही समयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ले देश चिनाउने देउसी गीत सार्वजनिक गरेको छ।

स्कुल परिवारले तयार पारेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ। गीतका शब्द सिर्जना स्कुलकै शिक्षक बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले गरेका हुन्। गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर समेटिएको छ। संगीत राजकुमार घिमिरेले भरेका हुन् भने विद्यालयकै शिक्षक र विद्यार्थीले भिडियोमा अभिनय गरेका छन्। अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन्।

गीतको छायांकन प्रविन तामाङले गरेका हुन् भने सम्पादनमासमेत उनकै मिहिनत देखिन्छ। गीतको छायांकन विद्यालय परिसरमै गरिको छ। गीतमा सात प्रदेश, प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्रलाई समेटिएको छ। गीतलाई स्कुलले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गरेको हो ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : २० बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा