२०८२, ११ फाल्गुन सोमबार

लोकवार्ता परिषद्को राष्ट्रिय सम्मेलन शुरु

लोकवार्ता परिषद्को राष्ट्रिय सम्मेलन शुरु


भोजपुर, १३ कात्तिक : लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा देशभरका करीब ५० प्रतिनिधिको उपस्थिति रहेको छ ।

सम्मेलनमा लोक संस्कृति, संस्कार, ज्ञान र सीपको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम तय गर्दै कार्यपत्र प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । सम्मेलनमा लोक संस्कृति, विभिन्न बाजाको ज्ञान र सिपको संरक्षण, परम्परागत खानपान, भेषभूषा, धर्मकर्म लगायतका विषयमा प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा जिल्लाका विभिन्न जातजातिका संस्कार संस्कृति, भोजपुर टक्सारको ऐतिहासिक महत्व, बालाषडानन्द तथा योगमायाको विषयमा ६० प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

परिषद्ले नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने जातजाति तथा भाषाभाषी र समुदायको पहिचान एवं तिनको मौलिकता तथा यस प्रकारका सम्पदाको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्ने जनाएको छ । सम्मेलनमा ‘योगमाया’ उपन्यासका लेखिका मदन पुरस्कार विजेता निलम कार्की ‘निहारीका’लाई भोजपुर नगरपालिकाकाले सम्मान गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ८ : ५७ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार