२०८३, ७ आश्विन बिहीबार

नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु


काठमाडौँ, १३ कार्तिक । सर्लाहीको रामनगर गाउँपालिका वडा नं २ रामनगरमा नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको गोली लागेर मृत्यु भएको छ ।

मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा चलेको गोली लागेर काँग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई सोमबार नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको विषयमा मंगलबार बिहान दुई दलका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा सात जना घाइते भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ५१ बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा