२०८३, २६ श्रावण बुधबार

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी


काठमाडौं, कार्तिक १३ : बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ ।

सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ०४ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी