२०८३, २४ असार बिहीबार

सांस्कृतिक पर्वले नेपालीलाई एकतामा बाँधेको छ : प्रचण्ड

सांस्कृतिक पर्वले नेपालीलाई एकतामा बाँधेको छ : प्रचण्ड


काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभएको छ । नेकपाले विसं २०७५ को वडादशैँ, तिहार, नेपाल सम्वत् ११३९ नयाँ वर्ष, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको छ । यसलाई नेपालीले गौरव गर्न सक्छन्, गौरवान्वित भएका छन् ।” नेपाल जनसङ्ख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक रहेको र सबै जातजातीबीच सद्भावसमेत रहेको उल्लेख गर्नुभयो ।

नेपाल राजनीतिकरुपमा नयाँ कालखण्डमा प्रवेश गरेको र समाजवादको नयाँ युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको बताउनुभयो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपाले पहिलो पटक आयोजना गरेको चियापान कार्यक्रम देशभर नै आयोजना भइरहेको र त्यसले राजनीतिक सक्रियतासमेत बढाएको उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय तहमा पार्टी एकताको काम ढिलो भए पनि समाजमा राजनीतिक गतिविधि र कार्यक्रमलाई जीवन्तता प्रदान गरेको उहाँको भनाइ थियो ।

यसैबीच अध्यक्ष दाहालसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीले आज भेट गर्नुभएको छ । भेटमा दुई देश र पार्टीबीचको सम्बन्धलाई अझै मजबुद बनाएर लैजाने विषयमा छलफल भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : ५५ बजे

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए

कैलाली । टिकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थुनुवा

‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी छानबिनमा, केन्द्रदेखि स्थानीयसम्मका उजुरीमाथि अनुसन्धान

कैलाली। ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले