२०८३, १८ बैशाख शनिबार

छाडा कुकुरको टोकाइबाट पाँच घाइते

छाडा कुकुरको टोकाइबाट पाँच घाइते


भद्रपुर, ४ कात्तिक : छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् । दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ । सिम्रनको गालामा कुकुरले टोकेको पशु प्राविधिक दीपक बरालले जानकारी दिनुभयो ।

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बरालले बताउनुभयो । अरु घाइते स्थानीय निजी स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । स्थानीयवासी टेकबहादुर देवानका अनुसार रेविज लागेको आशङ्का गरिएका दुई छाडा केही दिनयता मेचीनगर–१ बाहुनडाँगीमा मानिस र पशुलाई टोक्दै आएका छन् ।

मानिस र घरपालुवा पशुलाई टोकेर भाग्ने गरेका ती कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिन सकेका छैनन् । स्थानीयवासीले गाउँमा छाडा कुकुरको सङ्ख्या बढेको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतबार  ५ : ४८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा