२०८३, २१ भाद्र सोमबार

जेनजी आन्दोलनको एक वर्ष : ‘अझै परीक्षामै छौँ, सरकारका गतिविधिले आन्दोलन पास वा फेल निर्धारण गर्छ’

काठमाडौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु भएको छ । जेनजी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङका अनुसार आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैँले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमानदार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको…