२०८३, १२ मंसिर शनिबार

नेपाल बैंकका ग्राहकले अब मोबाइलबाटै भर्चुअल क्रेडिट कार्ड लिन सक्ने

नेपाल बैंकका ग्राहकले अब मोबाइलबाटै भर्चुअल क्रेडिट कार्ड लिन सक्ने


काठमाडौं। नेपाल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवालाई थप सहज बनाउने उद्देश्यसहित फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

नयाँ सेवाअन्तर्गत नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। यसले ग्राहकलाई नगदरहित कारोबार गर्न थप सहजता प्रदान गर्ने बैंकको विश्वास छ।

सेवा सञ्चालनका लागि मंसिर १० गते नेपाल बैंकको प्रधान कार्यालय न्यूरोडमा दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतामा नेपाल बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका छन्।

फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन प्रक्रिया, विभिन्न भुक्तानी सुविधा, कारोबारको रियल टाइम ट्र्याकिङ, ४५ दिनसम्म ब्याजरहित अवधि तथा लचिलो भुक्तानी विकल्प उपलब्ध हुनेछन्।

बैंकका अनुसार नयाँ सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्नुका साथै आधुनिक बैंकिङ सुविधामा पहुँच विस्तार गर्नेछ।

नेपाल बैंकले हाल देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। तीमध्ये करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवामा आबद्ध छन्।

प्रविधिमैत्री बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको बैंकले डिजिटल कारोबारको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर नयाँ सुविधा थप गरेको जनाएको छ।

फोनपेसँगको सहकार्यले नेपाल बैंकको डिजिटल बैंकिङ सेवालाई थप प्रतिस्पर्धी बनाउनुका साथै ग्राहकलाई छिटो, सहज र आधुनिक भुक्तानी प्रणाली उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ७ : ५४ बजे

भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकको दोहोरो सफलता, दुई विधामा अवार्ड प्राप्त

काठमाडौ। डिजिटल भुक्तानी तथा कार्ड सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै

डिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको सफलता, भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड

काठमाडौं। डिजिटल भुक्तानी व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको माछापुच्छ्रे

नेपाल बैंकका ग्राहकले अब मोबाइलबाटै भर्चुअल क्रेडिट कार्ड लिन सक्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवालाई थप सहज बनाउने

वायुसेवा निगमको ऋण नउठ्दा नागरिक लगानी र कर्मचारी सञ्चय कोषको बचत जोखिममा

काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि सरकारको जमानीमा लिएको

बैंकर्स संघमा नयाँ नेतृत्व, ठूला आकारभन्दा गुणस्तरीय बैंकिङमा गभर्नरको जोड

काठमाडौ। बैंकिङ क्षेत्रमा देखिएको निष्क्रिय कर्जाको चुनौती र अर्थतन्त्रको सुस्तताबीच