काठमाडौं । खेलकुद, मनोरञ्जन र आकर्षक पुरस्कारको संगमका रूपमा ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने भएको छ।
बैंकका अनुसार प्रतियोगिता आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगिताले गल्फ खेलाडी तथा खेलप्रेमीलाई खेल, प्रकृति र आपसी सद्भावको विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको मुख्य आकर्षणका रूपमा होल इन वान गर्ने खेलाडीले आधुनिक स्कोडा एसयूभी जित्ने अवसर पाउनेछन्। त्यस्तै, अन्य विधाका विजेताका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता आयोजनामा आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध विस्तार तथा अर्थपूर्ण सामाजिक र व्यावसायिक सम्बन्ध निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ। आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार गर्दै आएको ग्लोबल आइएमई बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ सम्मानसमेत प्राप्त गरेको छ।
मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमईका हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
यसका साथै, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै बैंकले नेपालको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।







प्रतिक्रिया