२०८३, १२ मंसिर शनिबार

कालीमाटीमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको मूल्य कति ?

कालीमाटीमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको मूल्य कति ?


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेडादेखि आलु, प्याज, सागसब्जी र फलफूलसम्मको मूल्य निर्धारण गरिएको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँ रहेको छ।

आलु रातो (लाम्चो) र रातो (गोलो) प्रतिकिलो ५० रुपैयाँ, रातो आलु (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ। भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ६० रुपैयाँ रहेको छ।

त्यस्तै, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँ रहेको छ। घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँमा कारोबार भइरहेको छ।

टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ र लौका ८० रुपैयाँ तोकिएको छ।

सागसब्जीतर्फ रायोको साग र तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो र चकसूरको साग १०० रुपैयाँ तथा हरियो प्याज १०० रुपैयाँ रहेको छ।

च्याउ तथा अन्य तरकारीमा कन्य च्याउ प्रतिकिलो २८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ। त्यस्तै, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ रहेको छ। नेपाली तथा मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

उक्त मूल्य कालीमाटी बजारको न्यूनतम थोक मूल्य हो। खुद्रा बजारमा भने स्थान र विक्रेताअनुसार मूल्य फरक हुन सक्छ।

प्रकाशित मिति : २०८३, ११ मंसिर शुक्रबार  १० : ५७ बजे

अध्यागमन विभागको नेतृत्व फेरियो, ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी नियुक्त

काठमाडौं, मंसिर १२। गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकसहित विभिन्न जिल्लाका

‘गगनविरुद्ध बयान दिन दबाब दिइएको हो ?’ विश्वप्रकाशले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा

भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकको दोहोरो सफलता, दुई विधामा अवार्ड प्राप्त

काठमाडौ। डिजिटल भुक्तानी तथा कार्ड सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै

डिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको सफलता, भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड

काठमाडौं। डिजिटल भुक्तानी व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको माछापुच्छ्रे

नेपाल बैंकका ग्राहकले अब मोबाइलबाटै भर्चुअल क्रेडिट कार्ड लिन सक्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवालाई थप सहज बनाउने