२०८३, १० मंसिर बिहीबार

आज देशभर मौसम सफा रहने, तराईमा हुस्सु र कुहिरोको सम्भावना

आज देशभर मौसम सफा रहने, तराईमा हुस्सु र कुहिरोको सम्भावना


काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले आज अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बाँके, दाङसहित तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु तथा तुवाँलो लागेको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम सफा रहने पूर्वानुमान छ।

त्यसैगरी, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

बिहानपख काठमाडौं उपत्यका, खोँच तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यातायात तथा हवाई आवागमनमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८३, १० मंसिर बिहीबार  ११ : २४ बजे

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको सेनाद्वारा हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण जोखिममा परेकी बाजुराकी २०

कानुन बमोजिम प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक मल्लाको भनाई 

इनरुवा । बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान

कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद : आयोजनाको प्रतिष्ठा र पदकको चुनौती

सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा सुरु भएको दसौँ राष्ट्रिय

सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार असफल : कांग्रेस महामन्त्री पौडेल

धादिङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन

अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्दै भिक्टोरिया, दैनिक १४ हिंसात्मक घटना

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा खुद्रा व्यापार क्षेत्रमा चोरी, लुटपाट,