२०८३, ७ मंसिर सोमबार

काठमाडौं उपत्यकामा २४ घण्टामै ५६६ सवारीसाधन कारबाहीमा, तीव्र गतिका १२२ चालक परे

काठमाडौं उपत्यकामा २४ घण्टामै ५६६ सवारीसाधन कारबाहीमा, तीव्र गतिका १२२ चालक परे


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। पछिल्लो २४ घण्टामा गरिएको अनुगमनका क्रममा मादक पदार्थ सेवनदेखि तीव्र गतिमा सवारी चलाउनेसम्मका चालक कारबाहीमा परेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त कारबाही गरिएको हो।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १२२ र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६७ जना कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभीमार्फत पहिचान भएका ३७ र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ सवारीचालक पनि कारबाहीमा परेका छन्।

यसैगरी, हर्न बजाउने १०, सवारीसाधनको अवस्था ठीक नभएका १८ तथा एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार सवारीसाधनमाथि कारबाही गरिएको छ।

अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २७९ सवारीसाधनलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : २०८३, ७ मंसिर सोमबार  ९ : ३६ बजे

प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय वार्ता, नेपाल–भारत सम्बन्ध मुख्य एजेन्डा

काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले

हिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’

काँग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन : नेता कोइराला

भैरहवा । नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर

काठमाडौं उपत्यकामा २४ घण्टामै ५६६ सवारीसाधन कारबाहीमा, तीव्र गतिका १२२ चालक परे

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि

सूर्यास्तको सुनौलो किरणमा कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य (तस्बिरहरू)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको