काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।
भ्रमणका क्रममा मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुनेछ। वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने कार्यक्रम छ।
बैठकले भोटेकोशी बाढीपीडितका लागि चीनले उपलब्ध गराउने २ मिलियन डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने १०७ मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको छ।







प्रतिक्रिया