२०८३, ३ मंसिर बिहीबार

एसिया–प्रशान्त क्षेत्रमा चीनको नयाँ पहल, सहकार्यका लागि २ करोड डलर दिने सीको घोषणा

एसिया–प्रशान्त क्षेत्रमा चीनको नयाँ पहल, सहकार्यका लागि २ करोड डलर दिने सीको घोषणा


काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रको आर्थिक सहकार्य र साझा विकासलाई गति दिन २ करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्।

चीनको सेन्जेनमा जारी ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सीले क्षेत्रीय आर्थिक साझेदारीलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनका साझा नियमलाई समर्थन गर्दै एसिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि सहकार्य अपरिहार्य रहेको बताए।

चीन यस क्षेत्रको अभिन्न हिस्सा भएको उल्लेख गर्दै सीले क्षेत्रीय विकास र सहकार्यका प्रयासमा आफ्नो देशको सक्रिय भूमिका रहने स्पष्ट पारे।

यसै क्रममा उनले सेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरे।

सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विभिन्न देशका नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३, ३ मंसिर बिहीबार  ८ : ५७ बजे

राष्ट्रिय भेलापछि एमालेको नजर केन्द्रीय कमिटी बैठकमा, आजै चौथो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेलालाई आजै समापन गरी

एनपीएल फाइनलको दौडमा सुदूरपश्चिम र चितवन आमनेसामने, आज निर्णायक भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्ने अन्तिम

एसिया–प्रशान्त क्षेत्रमा चीनको नयाँ पहल, सहकार्यका लागि २ करोड डलर दिने सीको घोषणा

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रको आर्थिक सहकार्य

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ? 

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको