नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई लायन्स क्लव अफ काठमाडौं ओएसिसले शैक्षिक सामाग्री बितरण गरिएको छ ।
बिदुर नगरपालिका ७ तुप्चेमा आज एक कार्यक्रमका बीच २७ जना वालवालिका लाई स्कूल व्याग र स्टेशनरी सहयोग गरिएको चिरञ्जिबी दाहालले जानकारी दिए । उनका अनुसार लायन्स क्लवले प्रभावित परिवारहरूमध्ये अभिभावकविहीन बालबालिकाको शिक्षा निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । उनले अगाडि भनेः वाढीबाट प्रभावित वालवालिकालाई निरन्तर रुपमा सहयोग गर्नेछौं ।








प्रतिक्रिया