२०८३, १८ कार्तिक बुधबार

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक बोलाएको छ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि विकसित घटनाक्रमबारे पार्टीको धारणा तय गर्न बैठक बोलाइएको हो।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुनेछ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

सरकारको आईजीपी परिवर्तनसम्बन्धी निर्णयपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसबारे औपचारिक धारणा बनाउन लागेको हो।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  ४ : ३१ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा