२०८३, १० कार्तिक मंगलबार

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने


काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई चलायमान बनाउने र आगामी निर्वाचनका लागि नेता–कार्यकर्तालाई परिचालित गर्ने उद्देश्यसहित एमालेले भेलाको तयारी अघि बढाएको हो।

पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो तयारी बैठकले भेलालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा एउटै बुझाइ र साझा कार्यदिशा विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयका आधारमा पार्टीलाई एकताबद्ध बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउनुपर्ने उहाँको भनाइ थियो।

२०८२ सालको निर्वाचन परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा लिएको एमालेले आगामी स्थानीय निर्वाचनमा आफ्नो प्रभाव र सामर्थ्य व्यवहारबाट प्रमाणित गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो। उहाँले भन्नुभयो, “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ।”

बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो। भेलाको सन्देश पार्टी पङ्क्तिदेखि जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उहाँले निर्देशन दिनुभयो।

बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले तयारीको प्रगतिबारे जानकारी गराउँदै भेलामा ३ हजार १६४ जनाको सहभागिता रहने बताउनुभयो। सहभागीमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधि रहनेछन्।

एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना, प्रदेश तथा प्रवासबाट ५५ जना र जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। त्यस्तै, पालिकास्तरका कमिटीबाट १ हजार ५०६ जना, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख १९६ जना, उपप्रमुख ३४२ जना र जनसंगठनबाट ९६ जनाको सहभागिता रहनेछ।

राष्ट्रिय भेलालाई संगठनात्मक पुनःसक्रियता, आन्तरिक एकता र आगामी राजनीतिक चुनौतीको सामना गर्ने साझा रणनीति निर्माणको अवसरका रूपमा एमालेले लिएको छ। भेलाले पार्टी पङ्क्तिलाई निर्वाचन केन्द्रित गतिविधिमा परिचालित गर्न कस्तो दिशा र कार्ययोजना तय गर्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, १० कार्तिक मंगलबार  ९ : ०८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा