२०८३, २७ आश्विन बुधबार

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म


काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने समयावधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

रसुवाको भोटेकोसी तथा बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित व्यवसाय, आयोजना तथा व्यापारिक गतिविधिमा संलग्न ऋणीले यसबाट राहत पाउनेछन्। रसुवा भन्सार नाकाबाट कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको आयात–निर्यातमा आधारित व्यवसाय पनि यस व्यवस्थामा समेटिएका छन्।

राष्ट्र बैंकका अनुसार बाढीका कारण व्यवसायको बिक्री, आम्दानी, नगद प्रवाह तथा कर्जा उपयोगितामा परेको असर विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीको हकमा म्याद थप गर्न सकिनेछ।

यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको वास्तविक वित्तीय अवस्था, आयात–निर्यातमा परेको प्रभाव र कर्जा भुक्तानी क्षमताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ।

राष्ट्र बैंकले संशोधन गरेको निर्देशनको बुँदा नम्बर ४८ अनुसार २०८२ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको समयावधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरिएको हो।

बाढीका कारण व्यवसाय सञ्चालन, व्यापारिक कारोबार र आम्दानीमा असर परेका ऋणीलाई तत्कालीन आर्थिक दबाब कम गर्न यो व्यवस्थाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  ८ : ३७ बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको