२०८३, २६ आश्विन मंगलबार

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको हो। डिजिटल वित्तीय भुक्तानी प्रणालीको विस्तार र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई सम्मान गरिएको जनाइएको छ।

बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) तथा फोनपे क्यूआर भुक्तानीमा उल्लेखनीय कारोबार गर्न सफल भएपछि यी अवार्ड प्राप्त भएको बैंकले जनाएको छ।

ग्राहकलाई सहज, सुरक्षित र भरपर्दो डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले मोबाइल एपबाटै रकम स्थानान्तरण र क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ।

डिजिटल कारोबारमा ग्राहकको बढ्दो सहभागिता र प्रविधिमैत्री बैंकिङ सेवाको विस्तारले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको बैंकको भनाइ छ। बैंकले आगामी दिनमा डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै विद्युतीय भुक्तानी सेवालाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ आश्विन मंगलबार  २ : ०१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका