२०८३, १५ आश्विन शुक्रबार

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 


काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । 

देशका तराई भू–भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ८ : १३ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११