२०८३, १० आश्विन आईतबार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेश प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  १० : १३ बजे

नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा

काठमाडौं । नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण

सत्ता बदल्ने कि शासन बदल्ने ?

सत्ता परिवर्तनभन्दा अगाडि बढेर शासनको चरित्र बदल्ने बहस काठमाडौं ।

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको