काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ।
नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री असोज ३ गते कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको हो।

यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ। नाडाका महासचिव मिलनबाबु मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।








प्रतिक्रिया