काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ। शुक्रबार सुनको भाउ एकैदिन तोलामा ३ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर नयाँ स्तरमा पुगेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेर ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा एकैदिन भएको यो ठूलो वृद्धिले नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्तालाई थप महँगो भार परेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ।







प्रतिक्रिया