२०८३, ३० भाद्र बुधबार

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित


काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभाको अर्थ समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ।

बुधबार बसेको समितिको बैठकले लामो छलफलपछि तयार गरिएको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको हो। बैठकमा समितिका सभापति कृष्णहरि बुढाथोकीले विधेयकसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका थिए।

छलफलका क्रममा सभापति बुढाथोकीले विधेयकका विभिन्न विषयमा समितिमा लामो समयसम्म तर्क, संवाद र छलफल भएको बताए। समितिका सदस्यहरूले आवश्यक ठानेका विषयमा संशोधन प्रस्तावसमेत दर्ता गरी छलफल अघि बढाइएको उनको भनाइ थियो।

बुढाथोकीका अनुसार विधेयकमाथि समितिले गरेका निर्णयहरू सर्वसम्मत छन्। सोही निर्णयका आधारमा प्रतिवेदन तयार पारिएको भन्दै उनले सदनमा पेश गर्नुअघि समितिले गरेको निर्णयभन्दा बाहिरका विषय प्रतिवेदनमा समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित भएको बताए।

उनले विधेयकलाई समितिबाट सर्वसम्मत रूपमा अघि बढाउन सबै सदस्यको सकारात्मक भूमिकाले सहयोग गरेको उल्लेख गरे।

समितिका बैठकमा भएका छलफल तथा निर्णयहरू अभिलेखमा सुरक्षित रहेको बताउँदै सभापति बुढाथोकीले सदस्यहरूलाई थप सुझाव वा आफ्ना धारणा भए लिखित रूपमा समिति सचिवालयमा दर्ता गराउन आग्रह गरे।

राष्ट्र बैंकको नेतृत्वमा संरचनागत सुधारमा जोड

राष्ट्र बैंक ऐन संशोधनको प्रक्रिया अघि बढिरहेका बेला मुलुकको आर्थिक विकासलाई गति दिनुपर्नेमा सभापति बुढाथोकीले जोड दिए। विशेषगरी नेपाल राष्ट्र बैंकको नेतृत्व चयन तथा नेतृत्वबाट प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने विषयमा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो।

समितिले विधेयकलाई परिवर्तनको अवसरका रूपमा लिएको बताउँदै बुढाथोकीले प्रतिवेदनलाई अनावश्यक ढिलाइ नगरी प्रतिनिधिसभामा पेश गर्ने दिशामा अघि बढ्नुपर्ने बताए।

अब अर्थ समितिबाट सर्वसम्मत पारित भएको प्रतिवेदन प्रतिनिधिसभामा पेश हुने प्रक्रियामा जानेछ।

प्रकाशित मिति : २०८३, ३० भाद्र बुधबार  ३ : ५१ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला