२०८३, २६ आश्विन मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज २२ गते बोलाएको छ। बैंकको भदौ ३० गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।

गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे बस्ने सभाले सेयरधनीलाई लाभांश वितरणसँगै बैंकको आगामी रणनीतिसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावमाथि निर्णय गर्नेछ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसरी सेयरधनीले कुल १०.५२६३ प्रतिशत लाभांश पाउने प्रस्ताव गरिएको छ। लाभांशसँगै सभाको अर्को महत्वपूर्ण एजेन्डा मर्जर तथा एक्विजिसन रहेको छ। बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा जान सञ्चालक समितिलाई आवश्यक अधिकार दिने प्रस्ताव सभामा पेश हुँदैछ।

यसका साथै सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नेछ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा राखिने बैंकले जनाएको छ।

असोज ७ सम्म सेयर किनेका लगानीकर्ता योग्य

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ। बुक क्लोज हुनुअघि अर्थात् असोज ७ गतेसम्म सेयर कारोबार भई कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

यससँगै बैंकको साधारण सभाले नियमित वित्तीय विवरण अनुमोदन गर्नुका साथै सम्भावित मर्जर तथा एक्विजिसनका लागि सञ्चालक समितिलाई थप अधिकार दिने भएकोले आगामी दिनको संस्थागत विस्तारसम्बन्धी निर्णयका लागि पनि सभा महत्वपूर्ण रहनेछ।

प्रकाशित मिति : २०८३, ३० भाद्र बुधबार  ३ : २९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका