२०८३, २५ कार्तिक बुधबार

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा


काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै संस्थापक सेयर खरिदका लागि खुला आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि अब उक्त सेयर सर्वसाधारण तथा इच्छुक व्यक्ति र कम्पनीले खरिद गर्न सक्ने भएका छन्।

सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा बुझाउनुपर्ने बैंकले जनाएको छ।

बैंकले संस्थापक समूहको सेयर बिक्रीका लागि तोकिएको प्रक्रिया पूरा गरेपछि अब खुला रूपमा आवेदन माग गरेको हो।

इच्छुक आवेदकले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ। तोकिएको समयपछि प्राप्त हुने आवेदनका सम्बन्धमा बैंकले आफ्नो प्रक्रिया तथा प्रचलित नियमअनुसार निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ९ : ५२ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई